गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १२, २०८२

१५०२  पटक हेरिएको

झापा ।झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन ।

साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!