जसपा मोरंगको प्रवक्तामा युवा नेता राकेश रोशन यादव चयन

Logo
वीरेन्द्रकुमार साह प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

६८७६  पटक हेरिएको

बिराटनगर।जनता समाजवादी पार्टी नेपाल मोरङको सुचना संचार एवं प्रचार बिभाग प्रमुख तथा प्रवक्तामा जसपाका युवा नेता राकेश रोशन यादव चयन भएका छन्। यादव लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय अनुहार हुन्। जसपामा युवाहरुको लोकप्रियता बढे संगै उनलाई प्रवक्ताको जिम्मेवारी दिएको जसपा मोरंगका अध्यक्ष राजकुमार यादवले बताए।

सुचना संचार एवम प्रचार बिभाग प्रमुख प्रवक्ताको जिम्मेवारी पाएका यादव उर्जाशील युवा , कर्मठ ,निष्ठावान र इमान्दार संगै जहिल्यै पनि कहिँ कतै पनि देश र पार्टीका लागि आवाज बुलन्द गरिरहेका हुन्छन्।

यादवले जिम्मेवारी पाए संगै जसपाका अन्य युवाहरु पनि उत्साहित छन्। जिम्मेवारी पाए संगै यादवले भने :मैले पाएको जिम्मेवारी ईमान्दारी र निष्ठाका साथ निर्वाह गर्ने छु र जसपामा फेरि एक पटक युवाहरुको लहर ल्याउने प्रयत्न गर्ने छु र सबैको साझा पार्टीको रुपमा जसपालाई अगाडी बढाउँ नया नया योजनाहरु ल्याएर काम गर्ने छु।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!