
३८८ पटक हेरिएको

झापा। झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।