लागूऔषध सहित २ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १९, २०८२

१२०३  पटक हेरिएको

सुनसरी ।सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध तथा नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान उपमहानगरपालिका २६ बस्ने २८ बर्षीय मिलन थापा रहेका छन् ।

हिजो राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!