माओवादीले अमृत भनेर रोपेको दुर्गा प्रसाई विषवृक्ष रहेछः सुदन किराती

Logo
स्थानीय अवाज प्रकाशित शनिबार, मंसिर ०९, २०८०

६७७  पटक हेरिएको

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले माओवादीले अमृत भनेर रोपेको दुर्गा प्रसाईँ विषको वृक्ष परेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रसाईँको घटनाबाट अब सबै दलहरुले पाठ सिक्नुपर्ने बताएका हुन् ।

केही वर्ष नेकपा (माओवादी केन्द्र) को राजनीतिमा रहेर केन्द्रीय सदस्यसम्म बनेका प्रसाईँको बारेमा टिप्पणी गर्दै उनले गलत मान्छेलाई पार्टीमा प्रवेश दिँदा अहिले के हुँदो रहेछ भन्ने अहिले प्रमाणित भएको उनले बताए ।

‘हाम्रै दलले काँघमा बोकेर हिँडेको होईन हिजो दुर्गालाई ? पार्टीले अमृतको वृक्ष भनेर रोपेको विष वृक्ष पर्यो नि । यो घटनाबाट अब सबैले शिक्षा लिनुपर्छ । हामीले गलत मान्छेलाई प्रवेश गराउँदाखेरी, गलत मान्छेलाई काँधमा बोक्दाखेरी के हुँदो रहेछ भन्ने कुरा त आज प्रमाणित भयो । यो घटनाबाट हामीले शिक्षा लिनुपर्छ,’– मन्त्री किरातीले भने ।

दुर्गा प्रसाईँ नियोजित ढंगले परिचालित शक्ति भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!