महेन्द्रनगर बजार आज बिहानैदेखि बन्द

भीमदत्तको सालिक तोडफोड गर्ने १८ जना प्रहरीको नियन्त्रणमा
Logo
स्थानीय अवाज प्रकाशित शनिबार, मंसिर ०९, २०८०

४०६६  पटक हेरिएको

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार आज बिहानैदेखि बन्द छ ।

राप्रपा कञ्चनपुरको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोध सभा नाम दिइएको आन्दोलनमा सहभागी एक समूहले सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको निःशर्त रिहाइको माग गर्दै बजार बन्द गराएको हो ।

शनिबार बिहान एक समूहले बजारका सबै पसल व्यवसाय बन्द गराएको बताइएको छ ।

यसैबीच, कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त उद्यानमा राखिएको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा अराजक समूहले तोडफोड गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!