सशस्त्र प्रहरी बलद्धारा कोशी प्रदेशमा अन्तराष्ट्रिय सीमा स्तम्भको मर्मतसंभार कार्य शुरु

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, मंसिर १८, २०८०

३७४८  पटक हेरिएको

बिराटनगर। सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशमा रहेको नेपाल(भारत सीमा स्तम्भको मर्मतसंभार तथा रंगरोगन कार्यको सुरूवात गरेको छ। सोमबार मेचीनगर र भद्रपुर नगरपालिकाका मेयर, कोशी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समितीका पदाधिकारी, नापी विभागका अधिकृत, भारतीय सशस्त्र सीमा बलका अधिकारीहरु, स्थानिय जनप्रतिनिधि तथा संचारकर्मीहरु लगायतको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाको जिम्मेवारी ईलाका अन्तर्गत जिल्ला झापा, मेचीनगर नगरपालिका(७ धनकुटेबस्ती स्थित नेपाल(भारत दशगजामा रहेको सहायक सीमा स्तम्भ नं। ९१र१ एए(५५ बाट सीमा स्तम्भ मर्मतसंभार कार्यको सुरूवात गरिएको हो।

सन् २०१८ मा सम्पन्न नेपाल(भारत बाउन्ड्री वर्किङ ग्रुपको पाँचौं बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितीमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भए बमोजिम सीमा स्तम्भहरुको मर्मतसंभार कार्य गर्नको लागी वि।सं। २०७७ श्रावण १९ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सशस्त्र प्रहरी बल नेपाललाई सीमा स्तम्भ मर्मत गर्ने जिम्मेवारी प्राप्त भएको हो।

सोहि निर्णय अनुसार पहिलो पटक अन्तराष्ट्रिय सीमा स्तम्भहरुको निर्माण, मर्मतसंभार र पुनर्स्थापनाको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरी कोशी प्रदेशको नेपाल भारत अन्तराष्ट्रिय सीमामा रहेको ४८४ वटा सीमा स्तम्भहरुको मर्मतसंभार गर्न लागिएको हो। यस अघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मतसंभार गरिसकेको छ।
सीमा स्तम्भ मर्मतसंभार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापा जिल्लामा रहेको ३१७ वटा, मोरङ्ग जिल्लामा रहेको ३४ वटा र सुनसरी जिल्लाको अन्तराष्ट्रिय सीमामा रहेको १३३ वटा सीमा स्तम्भहरुको मर्मतसंभार कार्य गरिनेछ। ४८४ सीमा स्तम्भहरु मध्ये १९९ वटा सीमा स्तम्भको रंगरोगन, २२१ वटा सीमा स्तम्भको सामान्य मर्मत ९२५५ सम्म क्षति०, ५९ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत ९२५ देखी ५०५ सम्म क्षति० र ५ वटा सीमा स्तम्भको पुर्ण मर्मत ९५०५ देखी माथि क्षति० गरिनेछ।

सीमा स्तम्भ मर्मतसंभारको सुरूवात गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सीमा सुरक्षा बहुआयमिक विषय भएको र सीमा सुरक्षाको असली र वास्तविक पहरेदार सीमावासीहरु नै रहेको हुँदा स्थानिय जनताको साथ र सहयोग बिना सीमा सुरक्षा संभव नरहेको कुरा बताउनु भयो। साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनको लागी “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा” अनुसार स्थानियहरुसंग सहकार्य गर्दै लैजाने योजना रहेको समेत उहाँले बताउनु भयो।
फोटो

कमेन्ट गर्नुहोस्
error: Content is protected !!