भारतको सन्दिप युनिभर्सिटिमा भर्ना विराटनगरको कान्तिपुर ईन्स्टिच्युटबाट

Logo
स्थानिय अवाज प्रकाशित शनिबार, मंसिर २३, २०८०

९८९८  पटक हेरिएको

विराटनगर । भारतको अग्रणी शैक्षिक संस्था सन्दिप युनिभर्सिटिका संचालक र विराटनगरका शिक्षा सम्बद्ध ब्यक्तीहरुबीच विराटनगरमा अन्तरक्रिया सम्पन्न भएको छ ।

विराटनगरको बरगाछिस्थित कान्तिपुर ईन्स्टिच्युट एण्ड कन्सलटेन्सीसंगको समन्वयमा होटेल स्वागतममा अन्तरक्रिया सम्पन्न भएको हो ।
कान्तिपुर कन्सलटेन्सीले कोशी प्रदेश सहित नेपाल भरीका विद्यार्थीहरुलाई विदेशका विभिन्न विश्व विद्यालयमा पढ्न जानेहरुलाई सहजी करण गर्दै आएको छ ।

महाराष्ट्रको नासिकमा रहेको सन्दिप विश्वविद्यालको भर्ना कार्यलयको रुपमा कान्तिपुर इन्ष्टिच्युट विराटनगरलाई राखेको छ । नेपाल बाट सो विश्व विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले कान्तिपुर इन्ष्टिच्युट मार्फत जान सक्ने सन्दिप विश्व विद्यालका प्रमुख सन्दिप झाले बताए । यस विश्व विद्यालयमा नेपालका १०० जना भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेको उनले बताए ।

यसका साथै यस विश्व विद्यालयमा ८,५०० सम्म विद्यार्थीहरुले अध्ययन गरिरहेको उनले भने । इन्जिनियरिङ् , कम्पियुटर साइन्स , कानुन , कृषि सहित सय वटा विभिन्न संकायमा अध्ययन अध्यापन गराउदै आएको झाको भनाई रहेको छ । यस विश्व विद्यालय बाट अध्ययन गरि सकेका विद्यार्थीहरुले सय प्रतिशत ग्यारेन्टी उनले दिए ।

वि एस सि माइक्रो वाइलोजी एम एस सि माईक्रो वाइलोजी पढाईको वार्षिक ६० हजार भारु लाग्ने उनले भने । यसका साथै गुणस्तिरीय शिक्षा , अनुशासन , राम्रो छात्रा बासको व्यवस्था रहेको सो विश्व विद्यालयमा नेपाल बाट जाने विद्यार्थीहरुका लागि विशेष सुविधा दिईने बताए।

कान्तिपुर इन्ष्टिच्युटका संस्थापक गुनान्द महतोले भारतको अग्रणी युनिभर्सिटिकारुपमा रहेको सो संस्थाको बिषमा शिक्षा सम्बद्ध ब्यक्ती तथा विद्यार्थीलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । २०७५ साल देखि संचालन हुदै आएको यस इन्ष्टिच्युटले लोक सेवा , एस ई ई , सिमेट जस्ता विभिन्न कक्षा दिदै आईरहेको छ ।

कार्यक्रममा कान्तिपुर आबद्ध ब्यक्तीहरुका साथै शिक्षासेवीहरु तथा पत्रकारहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!