३४०६ पटक हेरिएको
बिराटनगर। लाइन्स क्लब अफ विराटनगरले कोशी गाँउपालिकाका चन्दर मुखियालाई एक कार्यक्रममा नगद सहित सम्मान गरेको छ ।
चन्दर मुखिया उहि हुन् जस्ले , कोशी नदिमा हाम फाल्ने वा अन्य कुनै दुर्घटनामा परेका नागरिकहरुको जोखिम्पूर्ण ज्यान जोगाउदै आएका छन् ।
राजनितिकर्मी एवम समाजसेवी फुलकुमार लालवानीले चन्दर मुख्या जस्ता गौरवशाली नेपालीलाई सम्मानका लागी सिफारीस गरेका थिए । लालवानीले भने, लाइन्स क्लब अफ विराटनगरले चन्दरको गतिविधिलाई नजिकबाट नियाल्दै आएको बताए । उनले भने , गरिव परिवारबाट आश्रीत चन्दर जस्तो महान व्यक्तीलाई राष्ट्रले सम्मान गर्नुपर्ने हो तर हाल सम्म पनि उनि सम्मानित नभएको हुँदा उनलाई सम्मान गरेको बताए ।
मुख्याले भने , हाल सम्म २२ जनाको जिवित्तै उद्धार गरेको छु । केहि दिन अघि मात्र कोशी नदिमा ट्रक दुर्घटनामा परि डुब्दै ३ जनालाई सकुशल उद्धार गरेको बताए ।
लाइन्स क्लब अफ विराटनगरले आफ्नो ५३ औ र लियो क्लब अफ बिराटनगरको ४४औ पदस्थापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालको पहिलो लाइन्स क्लबको रूपमा स्थापित लायन्स क्लब विराटनगरले नया पदस्थापना गरेको हो । लाइन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष विजय सुराणाले नयाँ कार्य समितिको अध्यक्षमा हेमनत कुमार मारुलाई पद हस्तान्तरण गरे ।
सोहि दिन ४ जनालाई पनि सम्मानित गरेको थियो । साहासि पत्रकारको रुपमा सोनु कुमार दासलाई समान गरेको हो ।
लाइभ न्यूज रफतारका प्रधान सम्पादक समेत रहनुभएका पत्रकार सोनुकुमार दास राष्ट्र र राष्ट्रियताको हितको लागी आवाज उठाएर निरन्तर पत्रकारिता जस्तो गौरवमय पेशालाई आत्मसाथ गरेको तथा निस्पक्ष तथा साहासि पत्रकारिता गरेवापत सम्मानित भएका हुन् ।यस्तै क्लबले लाइन्स क्लब विराटनगरका पूर्व अध्यक्ष आनन्द नेपाल र गजान्नद आग्रवाललाई समान समेत गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य पवन सडा, विशिष्ट अतिथि,मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, लायन्स क्लब इन्टरनेसनलका डिस्ट्रिक्ट गभर्नर विजय हरि शर्मा, फुलकुमार लाल वानी, विकास अधिकारी, इन्द्र खतरी, भिम प्रसाद घिमिरे,रेबद बाहादुर कार्की,लगायत यूवाहरूको उपस्थित रहेको थियो।