सद्भावकाे १४ औं बार्षिक साधारणसभा सम्पन्न ,माेवाईल बैकिङ सेवा सुरु

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, पुष २६, २०८०

२१०६  पटक हेरिएको

विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं बार्षिक साधारण सभा बुधबार आफ्नै सभाहलमा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष ई. कमलेश्वर ठाकुरको अध्यक्षता तथारंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष ठाकुरले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको संयोजक धिरेन्द्र कुमार साहले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष ठाकुरद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनका अनुसार सहकारीको शेयरपूजी २ १९ लाख ५९ हजार ६ सय रुपैया रहेको छ भने निक्षेप ७ करोड ३९ लाख १३ हजार ९ सय रहेको छ । सहकारीको कोष हिसाब २ करोड ३७ लाख ८२ हजार ३१९ रुपैया रहेको छ । सहकारीले १० करोड ४६ लाख ५६ हजार ६४२ रुपैया ऋण लगानी गरेको बार्षिक प्रतिवेदनमा उल्ल्ेख गरिएको छ ।

साधारण सभाको अवसरमा सहकारीले नियमित बचत तर्फ शंकर कुमार साह, कृष्णा राई, रिंकी कुमारी साह र सन्जु गुरुङ्गलाई सम्मान गरेको छ भने असल ऋणि तर्फ अन्जली रौनियार, सुनिता कुमारी साह, गोविन्द प्रसाद सिंह र उत्तिमलाल खवासलाई सम्मान गरेको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मानबाट जितेन्द्र प्रसाद साहलाई सम्मान गरिएको छ भने उत्कृष्ट बालबचत तर्फ योजना बराललाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मानबाट ज्ञानचन्द्र राजवंशीलाई सम्मान गरेको छ । सहकारीले युवा उद्योमी सम्मानबाट विक्रम साह, वसि अहमद, सिधिल साह र ओमप्रकाश मण्डललाई सम्मान गरेको छ ।

त्यस्तै सहकारीको साधारण सभाको अवसरमा सहकारीको क्षेत्रमा कलम मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विराटनगरका पत्रकार चीना थापा, किशोर विश्वकर्मा, सोनुकुमार दास र रंगेलीका पत्रकार रविन्द्र बराल र दिलिप अग्रवाललाई प्रशंसापत्र प्रदान गरेको छ ।

सहकारीले एस. ई. ई. दिएर बसेका संस्थाका शेयर सदस्यहरु वा शेयरसदस्यका छोरा छोरीहरुलाई कम्प्युटर लगायतका प्राविधिक तालिमको ब्यवस्था गर्ने आगामी कार्ययोजनामा समावेश गरेको छ ।

त्यस्तै गरिब जेहेन्दार विद्यार्थीहरुलाई पढ्ने वातावरण सृजना गर्नयक शैक्षिक सामग्रीहरु तथा लाग्ने शुल्कमा सहयोगका लागि सद्भाव छात्रवृतिकोष बनाई कार्यक्षेत्र भित्रका गरिब जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बार्षिक बढीमा ५ जनालाई स्नातक र स्नाकोत्तर तहका निम्न विषयहरुमा (वि.ए., वि. वि.एस. , बि.एड., बि.एस.सी., एम. ए., एम.एड., एम.वि.एस.) लगायतका शिक्षा हासिल गर्न सहयोग गर्ने कार्ययोजनामा उल्लेख छ ।

सहकारीले कोशी प्रदेश सरकारको १५ लाख सहयोगमा निर्माण गरिएको गोमघरको पनि बुधबार नै एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको छ । भवनको उद्घाटन गर्दै रंगेलीका मेयर दिलिप कुमार अग्रवालले सहकारी संस्थासँगै सदस्यहरुको पनि प्रगतिमा जोड दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!