
१९७२९ पटक हेरिएको

बिराटनगर। मोरंगका १८ बर्षिय युवा नेबि संघको केन्द्रिय सदस्यमा चयन भएका छन्। मोरंगको सुन्दरहरैंचा नगरपालिका – ५ हाल काठमाडौं बसेर विद्यार्थी राजनीति गर्दै आएका कोईराला केन्दिय सदस्यमा मनोनित भएका हुन्।
उनि सानैदेखि सामाजिक कार्य संगै बिधार्थी राजनीतिमा पनि सक्रिय थिए। अध्ययानको शिलसिलामा काठमाडौं पुगेका कोईराला यस अघि ने वि संघ मोरङ्ग – काठमाडौं सम्पर्क समितिको अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका छन्। उमेरले सानै भएपनि उनि नेपाली कांग्रेसका केन्दिय नेताहरुसंग नजिक भएर काम गरिरहेका छन्।
आफुलाई यति सानो उमेरमा नै यो महत्वपूर्ण जिम्मेवारी दिएकोमा केन्दिय कार्यसमिति लाई धन्यवाद दिदै कोईरालाले भने नेबि संघको आउदो अधिवेशनमा केन्दिय पदाधिकारीमा भिड्ने गरि काम गर्ने छु र देशभरिको बिधार्थी साथीहरुको मन जितेर नेतृत्वमा आउने छु। आफुले पाएको जिम्मेवारी ईमान्दारिकताको साथ् निर्वाह गर्ने कोईरालाले बताए।