लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०२, २०८०

९८१  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ ।पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गर्नुभयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ ।

त्यस्तै स्वतन्त्र विज्ञलाई सहजकर्ता तोक्ने व्यवस्थाअनुसार महानगरपालिकाले तिम्सिनालाई सहजीकरणका लागि विज्ञका रुपमा तोकेको हो । कार्यशालामा आगामी आर्थिक वर्षका लागि लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा अपनाउनुपर्ने कार्यदिशासमेत तय गरिएको थियो । आर्थिक वर्ष २०७९÷८० को लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गर्दै आगामी वर्षका लागि सुधारसहितका योजना गरिने कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सन्दर्भमा सयवटा सूचक हुन्छन् ।

लैंसससामा ८ वटा तालिम रहने व्यवस्था छ । विज्ञ तिम्सिनाका अनुसार तालिका ८ बाट आगामी आर्थिक वर्षको योजना निर्माण गरिन्छ । कार्यशालामा कार्यदल सदस्य विश्वनाथप्रसाद भगत, कमला श्रेष्ठ, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित विभिन्न शाखा तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!