ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, माघ ०३, २०८०

२४१०  पटक हेरिएको

विराटनगर ।  विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।विराटनगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण गर्नुभएको थियो । सो अवसरमा मेयर कोइरालाले दक्षिणी क्षेत्रको विकासमा महानगरपालिकाले ध्यान दिइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति रहेको थियो । अत्यधिक चिसो बढेपछि वडा कार्यालयले ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!