उद्योगी अग्रवालले लिए टुहुरा बालबालिकाहरु पढाईको सम्पुर्ण जिम्मा

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, माघ ०४, २०८०

१३०३  पटक हेरिएको

विराटनगर । बुबा आमा दुबैलाई गनमाएका मोरको कर्सिया बजार निबासी तिन टुहुरा बालबालिकाहरुलाई विराटनगरको उद्योगी देवकी नन्दन अग्रवालले पढाईको सम्पुर्ण जिम्मा लिने भएका छन् । पछिल्लो केही समय अगाडी मिडिया मार्फत चर्चा आएका बालबालिकाहरुको खबर प्राप्त गर्न साथ अग्रवाल बालबालिकालाई भट्न र राहत समेत प्रदान गर्न पुगे ।

करिब ४ वर्ष अघि बुबा र ६ महिना अघि आमा गुमाएका यि बालबालिकाहरु आफ्नो ७० वर्षिय बुढि हजुर आमा सँग कोठा भाडामा लिएर बस्दै आईरहेका छन् । अग्रवालले उनीहरुको सम्पुर्ण पढाई खर्च आफुले बेहोर्न तयार रहेको बताए । पढाईमा राम्रो अंक ल्याउन सके पछि सम्मको पढाई खर्च आफुले हेर्ने उनले भने ।

उनले एक बोरा चामल , चार थान कम्मल , एक थान म्याटिस् , एक थान पछौरी ,कापी कलम राहत स्वरुप प्रदान गरेका छन् यसका साथै उनले नानीहरुको स्कुल जादा लगाउने पोषाक र जुत्ताको समेत व्यवस्था गर्ने बताए । बालबालिकालाई साथ सहयोग गर्नका लागि बैंक मार्फत अन्य थुपै्र व्यक्तिहरुले आर्थिक सहयोग समेत गरिरहेका छन् भने केहि व्यक्तित्वहरुले सहयोग गर्न अझै तयार रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!