४३४२ पटक हेरिएको
विराटनगर । लामो समय देखि पूर्वी नेपालमा विराटनगर शैक्षिक हवको रुपमा स्थापीत भएको छ । विराटनगरमा विभिन्न शंकायका अध्ययन-अध्यापन हुदै आएको पनि छ । तर पछिल्लो डेढ दशक देखि विराटनगर कानुन अध्ययन गराउने हवको रुपमा आफ्ना परिचय बनाउन सफल भएको छ ।
पूर्वी नेपालका विद्यार्थीहरु विराटनगरमा विज्ञान ,शिक्षा र बाणिज्य शंकायमा अध्ययन गर्न थलोको रुपमा परिचित थिए । तर पछिल्लो समय उपत्यका बाहिर पहिलो पटक विराटनगर ५ स्थित सम्झना चौकमा सञ्चालनमा आएको ब्राईट भिजन ल कलेजको गुणस्तरीयता पढाईले नेपाल भरी कै विद्यार्थीहरुको प्रमुख रोजाईको रुपमा स्थापीत भएको छ । सो कलेजले ५ वर्षे बिए एल एल बी र २ वर्षे एल एल एमको अध्यापन गराउँदै विद्यार्थीहरुको पहिलो रोजाईको कलेज बनेको हो । कलेजमा अलिहे सातै प्रदेश सहित विकट ठाउँका विद्यार्थीहरु अध्ययन गर्दे आईरहेका छन् । उपत्यका भन्दा सस्तो र अनुकुल वतावराणमा अध्ययन र अध्ययापन गराउने भएकाले ढेड दशकमा कोशी प्रदेशको राजधानी विराटनरलाई कानुन अध्ययन गर्ने हवको रुपमा स्थापीत गर्न सफल भएको छ ।
कलेजका प्रशासन प्रमुख हरि पोखरेलले कम खर्चमा उपत्यका भन्दा बाहिर पनि गुणस्तरीय अध्ययन र अध्यापन गराउन सफल भएकाले सवैको रोजाईमा कलेज परेको बताए । उनले विद्यार्थीको चाप प्रत्येक वर्ष बढ्दै गएको सुनाए । कम खर्चमा पनि गुणस्तर शिक्षा दिन सन्देश दिन कलेजले विद्यार्थी मैत्री भएर अध्यापन गराउदै आएको बताए । उनले मधेश प्रदेशको सवभन्दा बढी विद्यार्थी आउनुको साथै कर्णाली , विकट पहाडी जिल्ला गुल्मी , कालीकोट संगै पोखरा लगायतका विद्यार्थीहरुको पहिलो रोजाई बनेको जानकारी दिए ।
कालीकोटकी समिक्षा बमले गुणस्तरीय शिक्षा सस्तो दिने कलेज रुपमा आफुले ब्राईट भिजन ल कलेज रोजेको बताईन् । उनले उपत्यकामा बस्न पनि समस्या र कलेज फि पनि महँगो पर्ने भएकाले आफु विराटनगरमा कानुन पढ्ने विचार बनाएको सुनाईन्। तीन दिनकोे यात्रा गरेर विराटनगर आएर अध्ययन गर्दा कलेजको व्यवस्थापन पक्षले विद्यार्थीको चाहना अनुसार अध्ययन गर्ने वतावरण बनाएको बताए ।
अर्की योजना कुमारी बमले समाजमा रहेका विद्यमान विभेद अन्त गर्न कानुन पढ्नु पर्ने भएकाले विराटनगरलाई रोजेर नै आएको बताईन् । धेरै स्थानमा बुझे उनले भनिन्–‘ तर यो कलेज जस्तो अरु कलेज भेटिएन्।‘
बाराका रंजीत कुमारले कलेजले विद्यार्थीलाई दिने गरेको सुविधा उपत्यका भन्दा राम्रो भएको बताए । कानुन भएपनि समाजमा कानुनको जानकारी आम सर्वसधारणलाई नभएकाले आफु अभियानी बनेर समाजको असमान्ता हटाउन विराटनगरमा कानुन पढ्न आएको बताए ।
पोखराका विवेक सुनारले देशमा नै केही गर्ने भावना जागृत भएकाले भावना अनुसार समाज परिवर्तन गर्ने उदेश्यले ब्राईट भिजन ल कलेजमा भर्ना भएको बताए । अरु स्थापित कलेजहरु पनि छन् उनले भने –‘ तर यहाँ जस्तौ विद्यार्थी मैत्री छैन ।
गुल्मीका सुजन पोडैलले कानुन अध्ययनमा विराटनगरको ब्राईट भिजन ल कलेजको विकल्प नभएको बताए ।
उदयपुरका शिक्षा राईले जनजाति समुदायमा रहेको विकृती आफुले कानुन पढेर हटाउने उदेश्यले ब्राईट भिजन ल कलेजमा भर्ना भएकी बताई ।उनले पुरुष त विदेशमा लाहुरे ,ब्रिटिष्ट आर्मी लगायका काम गए पनि परम्परागत संस्कारलाई जर्गेना गरेर समाज भित्र रहेको विकृती हटाउन कानुनको अध्ययन गर्न रुची जागृत भएको उनलको भनाई रहेको थियो ।
२०६७ सालमा स्थापना भएको सो कलेजमा बिए एल एल बी तर्फ मात्र ७ जना विद्यार्थी भर्ना गरेर संचालनमा आएको थियो । १ सय ८० जना विद्यार्थी
भर्ना गर्न सक्ने क्षमता रहेको सो कलेज ३ जना मिलेर स्थापना गरेका हुन । वरिष्ट अधिवक्ता चुडामनी अचार्य, अधिवक्ता तुलसी पोखरेल र विष्णु प्रसाद पोखरेलले सो कलेज स्थापना गरेका हुन ।
ब्राईट भिजन ल कलेजका प्रमुख चुडामनी अचार्यले काठमाण्डौवाट बाहिर पनि कानुनको अध्ययन र अध्ययापन गराउन सकिने भावनाले कलेज सञ्चालन गरेको बताए । नेपालमा काठमाण्डौं मात्रै कानुनको अध्यापन गराउने थलो मात्र नभई विराटनगरमा पनि सहज तरिकाले अध्यापन गराउने सकिन्छ भन्ने सन्देश मुलुक भर गएको बताए । उनले शाषण व्यवस्था फेरिएर मुलुक संघीय संरचनामा गएकाले कानुन पढ्ने विद्यार्थीलाई अवसर पनि बढेको बताए । सस्तो र गुणस्तर शिक्षा कलेजले दिदै आएकाले दुर्गम र विकट पहाडी जिल्लाका विद्यार्थीहरुको रोजाई बढेको दाबी गरे । भावी दिन समाजको आवश्यकता अनुसार पाठ्यक्रम विस्तार गर्दे विश्वविद्यालयको सहयोगमा अझै समय सापेक्षको अध्यनको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले भने –‘ हाम्रो विद्यार्थी विश्व भरमा अवसर पाओस ।‘ नागरिक प्रति उतरदायित्व भएर काम गर्ने संस्कार विद्यार्थीलाई दिदै आएका छौं । ‘
काठमाडौं बाहिर कानुन शिक्षा अध्ययन गराउने कलेजको संख्या कम रहेको छ । कक्षा १२ सम्म कुनै विषय लिएर पढिरहेका युवा पुस्ताले कला, शिक्षा वा व्यवस्थापन भन्दा कानुन विषयलाई रोज्ने गर्दछन् । क्याम्पस प्रमुख आचार्यका अनुसार अहिले कानुन पढ्न आउने विद्यार्थीहरुको क्षेत्र अझै फराकिलो बन्दै गएको छ ।
(सभार :-हिपमत डटकमबाट)