दुहबी सडकखण्डको विवाद

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, माघ ११, २०८०

१६५४  पटक हेरिएको

दुहबी सडकखण्डको विवाद मेयर गच्छदार र स्थानीयवासी आमने सामने सडक फराकिलो नभई विकास नहुनेभन्दै दुहबीका मेयर वेदनारायण गच्छदारले दुहबी बजारका वासिन्दालाई ६ मिटर सेड ब्याक जसरीपनि खाली गराउनेभन्दै सूचना निकाल्ने बताएपनि स्थानीयवासीमा त्रास फैलिएको छ । स्थानीयवासीले मापदण्ड विपरित एक इन्चपनि भूमि सडकलाई नदिने बताएपछि मेयर गच्छदार र स्थानीयवासी आमने सामने भएका छन् ।दुहबी सडकखण्डको विस्तारका क्रममा विवाद चुलिएको छ ।

दुहबीका मेयर सडक फराकिलो पार्दा विकास हुने भन्छन् भने स्थानीयवासी सडक फराकिलो पार्ने निहुँमा घर तोडिने र घडेरी खोसिन गई विनास हुने बताउँछन् । स्थानीयवासीमा त्रास त्यसबेला फैलियो जब थारू कल्याणकारी सभा दुहबीले आयोजना गरेको माघी महोत्सवको उद्घाटन सत्रमा दुहबीका मेयर वेदनारायण गच्छदारले दुहबीको सडक चौडा गर्नेभन्दै घर घडेरी खाली गर्न अल्टिमेटम दिए । गच्छदारले ६ लेन दुहबी बजार क्षेत्रको विल्ड अप क्षेत्रमा रहेको ६ मिटर सेड ब्याक जसरीपनि खाली गराउनेभन्दै सूचना निकाल्ने बताए ।

पुस्तौ पुस्तादेखि दुहबी बजारमा बस्दै आएको र सडक फराकिलो पार्ने नाममा घर घडेरी खोसेर आफूहरूलाई सुकुम्बासी बनाउन चलखेल शुरू गरिएको स्थानीयवासीको भनाई छ । दुहबीमा २०१० सालमा वस्ती नै ध्वस्त भएको र तत्कालिन नेपाल सरकारका बडाहाकिम भुपालमान सिंह कार्कीको नेतृत्वमा जग्गाको मूल्य तोकी सघन वस्तीको रूपमा दुहबी बजार बसाइएको स्थानीयवासीको कथन छ । वस्ती बसाउँदा मुल सडकको मध्य रेखाबाट २७÷२७ फिट दायाँ बायाँ तोकिएको र त्यसै अनुसार ५४ फिटभित्र नाला समेत निर्माण गरिएको स्थानीयवासीको कथन छ ।

२०११ सालमा सडकको लागि भनेर निजी जग्गाबाट दुहबी बजारवासीले सडकको दायाँ बायाँ गरी दुवैतर्फबाट २७÷२७ फिट गरी जम्मा ५४ फिट दिएर सडक पेटी निर्माण भएको सिमाना सडकको सिमाना हो भनि स्थानीयवासीको कथन छ । उनीहरूले सो सडकको सीमाभित्र कुनै घर संरचना निर्माण नगरिएको बताएका छन् । २०२२ सालमा सर्भे नापी हुँदापनि सोही अनुसार नाप नक्सा भई सडक ५४ फिटकोबीच केन्द्र विन्दु रेखाबाट दायाँबायाँ २७÷२७ फिट नक्सामा बाटो जनिएको स्थानीयवासीको दावी छ ।

२०५४ चैत ३ गते नेपाल सरकारले ६३० मिटरको विल्टअप क्षेत्रको समग्रमा ५४ फिट सडक कायम गरी हालसम्म रहिरहेको स्थानीयवासीको कथन छ । २०५४ चैत ३ गतेको नेपाल राजपत्रमा दुहबी बजारको ६३० मिटरसम्मको भागलाई सघन वस्ती अर्थात विल्डअप क्षेत्र हो भनी स्वीकार गरेको र ५४ फिट सडक कायम गरिएको स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा ५४ फिटको बाटो हालसम्म कायम नै रहेको स्थानीयवासीको भनाई छ । रानी–धरान सडक आयोजना इटहरीले २०७२ चैत ३ गते सम्पत्ति व्यवस्थापन ठेक्का तथा गुणस्तर नियन्त्रण आयोजना चाकुपाट पाटनलाई गरेको पत्रबाट दुहबी बजार मुख्य सडक बाटोमा २७÷२७ फिट दायाँबायाँ मिलाएर ५४ फिट मात्र रहेको सो पत्रबट स्पष्ट हुने स्थानीयवासीको तर्क छ ।

२०७७ साल पुस १८ गते दक्षिण÷व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले बुढीखोलादेखि दुहबी बजार क्षेत्रमा सडकको केन्द्र विन्दुबाट १५÷१५ मिटर दायाँ बायाँ गरी जम्मा ३० मिटरभित्रका अस्थायी तथा स्थायी संरचना १५ दिनभित्र हटाउन सूचना प्रकासित गरेपछि स्थानीयवासी न्यायकालागि प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेका थिए । स्थानीयवासीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, दुहबी–५ वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले प्रकासित सूचना बमोजिमको कार्य तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनेर अन्तरिम आदेश जारी गरेको थियो । आदेश उपर निर्णय भइसकेको छैन ।

निर्णय भइनसकेको अवस्थामा हठात दुहबीका मेयर गच्छदारले विल्डअप क्षेत्रको ६ मिटर सेडब्याक खाली गराउने सूचना सार्वजनिक हुने बताएपछि स्थानीयवासी त्रसित र आक्रोशित भएका छन् । दुहबी–५ का तुलसीप्रसाद अग्रहरीले सर्वोच्चमा परेको मुद्दामाथि कुनै फैसला नआएको अवस्थामा मेयर गच्छदारको अभिव्यक्ति निन्दनीय रहेको बताए । उनले आफूहरू विकासको विरोधी नभएको तर नम्बरी जग्गा लिए मुआब्जा दिनु पर्ने तर्क गरे । स्थानीयवासी सुधिर रौनियारले सडक सम्बन्धी मुद्दा सर्वोच्चमा रहेकोले त्यसको फैसला सबैले पर्खिनु पर्ने बताए । उनले विकासको नाममा घरै उठीबास गर्न नमिल्ने बताए । स्थानीयवासी तेजनारायण रौनियारले आफू मुद्दा लडिरहेको र ५४ फिटभन्दा १ इन्चपनि जग्गा सडकमा नदिने बताए । उनले सर्वोच्चको फैसलालाई स्वीकार गर्ने बताए । उनले निजी जग्गामा डोजर चलाउने हक कसैलाई नभएको स्पष्ट पारे ।

दुहबीका मेयर गच्छदारसँग सडक विवादबारे न्यू सृष्टि दैनिकले जिज्ञासा राख्दा उनले सर्वोच्च अदालतको आदेशलाई अवहेलना कसैले पनि गर्न नहुने बताए । उनले सडकको सेड ब्याक हुने र सो क्षेत्रमात्र लिन खोजेको बताए । उनले २०३१ सालको सडक ऐन र २०५७ मा राजपत्रमा प्रकासित सूचनामा विल्ड अप एरिया अर्थात निषेधित क्षेत्रमापनि कायम भएको सडकको दायाँ बायाँ सेड ब्याक ६–६ मिटर भित्रका संरचना भत्काउन सम्बन्धित सडकको डिभिजन प्रमुख या सम्बन्धित आयोजनाको आयोजना प्रमुखलाई भत्काउने अधिकार निश्चित गरिएको बताए । उनले ५४ फिट सडक जुन कायम गरिएको छ त्यसबाहेक सेड ब्याक लिन नपाइने भनेर कहाँ उल्लेख गरिएको बताए । मेयर गच्छदारले सेड ब्याकको सन्दर्भमा अधिकांश दुहबीवासी सहमत भएको बताए ।

मेयर गच्छदारले दुहबी मृत शहरको रूपमा परिणत हुँदै गएकोभन्दै दुहबी बजार क्षेत्रको दायाँ बायाँ स्थायी बासिन्दाको उज्जवल भविष्यलाई मध्येनजर गर्दै हक हितकालागि ६–६ मिटर सेड ब्याक हुनुपर्छ भनेर आव्हान गरेको बताए । उनले सर्वोच्चले के फैसला गर्छ भन्ने थाह नभएको भन्दै सधैंभरी बजारको दायाँ बायाँ जसको नम्बरी जग्गा छ, उनीहरूको घर नक्सा पास नहुने बताए । उनले सेड ब्याककालागि प्रक्रिया चाल्ने वा नचाल्ने सडक विभागको कुरा भएको भन्दै वृहत्तर हितकालागि विभागको निर्णयमा सहजीकरण गर्ने बताए ।
नगरपालिकाले डोजर लिएर भत्काउन आए प्रतिकारमा

कमेन्ट गर्नुहोस्
error: Content is protected !!