मोरंगमा सक्रिय तेली कल्याण समाज ,यी व्यक्तिहरुले पाए जिम्मेवारी

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १३, २०८०

२०६१  पटक हेरिएको

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला समितिको बैठकले वर्ष २०८१ को क्यालेन्डरमा नै उल्लेख गर्ने गरी कार्यक्रमहरुको तालिका बनाएका छन् ।

कार्ययोजना अनुसार वैशाख–जेठमा समाजका पदाधिकारी तथा सदस्यहरुलाई नेतृत्व विकास तालिम दिने योजना बनाएको समाजले संयोजकमा समाजका सल्लाहकार अधिवक्ता सन्जु साहलाई चयन गरेको छ ।

असार–साउनमा रक्तदान कार्यक्रम गर्ने योजना तय गर्दै महानगरका अध्यक्ष सञ्जय सहलाई संयोजक तोकेको छ । यसैगरी भदौ–कात्तिकमा स्वास्थ शिविर गर्ने योजना बनाउँदै स्वास्थ्य समितिका अध्यक्ष डा. दिलिपकुमार साहलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । मंसिर–पुसमा वनभोज कार्यक्रम गर्ने र त्यसका लागि जिल्ला सदस्य शत्रुधन साहलाई जिम्मा दिने गरी संयोजक तोकेको छ ।

वर्षको अन्तमा गरिने सम्मान कार्यक्रमको संयोजक जिल्ला सदस्य ऋषिराज सेठ, क्यालेन्डर २०८२ का संयोजक जिल्ला सह–सचिव सन्तोष साहलाई चयन गरेको अध्यक्ष डा. बालकृष्ण साहले बताए ।

बैठकले जग्गादाता तथा सल्लाहकार महेशकुमार साहको संयोजकत्वमा जग्गा खरिद तथा भवन निर्माण समिति पनि गठन गरेको छ । साथै फागुन ५ गतेभित्र तेली युवा समिति गठन गर्ने निर्णय पनि गरेको बताइएको छ ।

बैठकले सल्लाहकार थप गर्ने निर्णय पनि गरेको छ । नयाँ सल्लाहकारहरुमा अमरेन्द्र साह, लालबाबु साह, विरेन्द्र साह र अनिरुद्धप्रसाद साह थपिएका हुन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!