नेपाली कांग्रेस मोरंग क्षेत्र २ (ख) ले प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्दै

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ २३, २०८०

६५३४  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेस मोरंग क्षेत्र नम्बर २ प्रदेश (ख) को आयोजनामा प्रदेश स्तरिय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । आज भएको प्रदेशको बैठकले फुटबल प्रतियोगिता आयोजना गर्न सर्वसम्वत निर्णय गरेको हो।

प्रदेश (ख) अन्तर्गत गरेका महासमिति सदस्य,महाधिवेसन प्रतिनिधि,जिल्ला सदस्य,क्षेत्रिय कमिटि सदस्य,वडा सभापति लगायतको बिर्हतर छलफल तथा बैठकले नेपाली कांग्रेससंग सम्बंध रहेकाे तरुण दल तथा क्षेत्र भरिका युवाहरुको प्रोत्साहनका र युवाहरुमा खेलको माध्यम बाट उर्जा थप्नका लागि फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाली कांग्रेस क्षेत्र नम्वर २ (ख) सभापति देबेन्द्र बाहादुर बस्नेतले बताए।

रंगेली नगरपालिका स्थित दर्वेशामा बसेको बैठकले नेपाली कांग्रेसको वडामा मासिक बैठक,समस्या तथा समाधानका बिषयमा अन्तरक्रिया,समुदयमा कांग्रेस कार्यक्रम लगायतका बिषयमा छलफल भएको थियो। नेपाली कांग्रेस क्षेत्र नम्वर २ (ख) सभापति देबेन्द्र बाहादुर बस्नेतको अध्क्षयतामा बसेको बैठकमा नेपाली कांग्रेस पुर्व जिल्ला सचिव तथा महासमिति सदस्य यदु बिष्ट,पुर्व जिल्ला सचिव गोपालमान सिंह राजभण्डारी,सहासमिति सदस्य सुमन कुवर,प्रताप तामांग लगायतको उपस्तिथी रहेको थियो।

फुटबल प्रतियोगिताको समिति निर्माण गरि स्थान र समय तोकिने र आगामी बैठकमा टिम कसरि निर्मण गर्ने लगायतको जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराउने सभापति बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!