
६२०३ पटक हेरिएको

बिराटनगर । मैथली भाषालाई कोशी प्रदेशको कामकाजी भाषाको रुपमा कार्यावन्यन गर्न दुई दर्जन संघसंस्थाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई संस्मरणपत्र बुझाएका छन् ।
मैथली भाषाको संरक्षण र सम्बद्धन गर्दे आएका दुई दर्जन संघसंस्थाले वुधवार मुख्यमन्त्री थापालाई संस्मरणपत्र बुझाएका हुन । प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मंचका अध्यक्ष बालदेव मरिकको हाथबाट मुख्यमन्त्री थापालाई संयुक्त संस्मरणपत्र बुझाएको हो ।
संयुक्त संस्मरणपत्र बुझाउँदै अभियन्ता राम रिझन यादवले कोशी प्रदेशका तत्कालीन सरकारद्धारा पर्यटन तथा संस्कृती मन्त्री खिनु लड्वा लिम्बुको अध्यक्षतामा ९ सदस्य मैथिली र लिम्बु भाषा मस्यौदा समिती गठन गरी सरकारलाई बुझाएको प्रतिबेदन अनुसार तत्काल व्यवहारिक रुपमा लागु गर्नु पर्ने माग गरे । मैथिली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रतिवेदनमा उल्लेखित भएकाले संयुक्त संस्मरणपत्र बुझाउन आएको यादवले सुनाए ।
कोशी प्रदेशमा दास्रो सबभन्दा बढी बोलीने मैथिली भाषाभाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनले बताए ।
त्यसैगरी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा निर्माण गरिएको कक्षा १ देखि ८ सम्म मातृ भाषामा पठन पाठन गराउनु पर्नेमा स्थानिय सरकारले वेवास्ता गर्दे आएकाले तत्काल मातृभाषमा अध्ययन र अध्यापन गराउन माग समेत संस्मरणपत्रमा गरिएको छ । अभियन्ताहरुले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग समेत गरेका थिए ।
संयुक्त संस्मरणपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले भने नेपाल बिभिन्न जात जाती र भाषा भाषीको साझा घरभएकाले सबैको भाषा र संस्कृतीलाई सम्मान तथा संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए । संयुक्त संस्मरणपत्रमा रहेको माग जायज रहेकाले प्रदेश सरकार कार्यावन्यन गर्न तत्परता देखाउने बताए । उनले भने –‘ अगामी प्रदेश सभाको बैठकबाट उठाएको मागलाई संम्बोधन गर्ने प्रक्रिया अघि बढाउने छु। ‘
मैथिली भाषालाई कोशी प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई संयुक्त संस्मरणपत्र र हस्ताक्षर सङ्कलन सहितको ब्यानर बुझाइएको छ ।