खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई मेडल वितरण

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

३१०७  पटक हेरिएको

विराटनगर। विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ ।विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको हो ।

एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, मुना कार्की द्वीतिय र पूजा आचार्य तृतिय भएका थिए भने पुरुष एक सय मिटर दौडमा अभिषेक राई प्रथम, भरत बहादुर साउद द्वीतिय र यस कुशवाह तृतिय भएका थिए । चेस खुला तर्फ रणजित लावती प्रथम, उदगम पौडेल द्वीतिय र नितेश कुमार मण्डल तृतिय भएका थिए । व्याडमिन्टन महिला डबलमा नितिला खतिवडा र कृतिका पुडासैनीको समूह प्रथम भएको थियो भने श्रेया तिम्सिना र अन्नपूर्ण गिरीको समूह द्वीतिय भएको थियो । व्याडमिन्टन पुरुष डबलमा रणजित लावती र पवन बुढाथोकीको समूह प्रथम तथा अमन कुमार महतो र समिर चौधरीको समूह द्वीतिय भएको थियो ।

त्यस्तै, टेबुल टेनिस महिला तर्फ कृतिका पुडासैनी प्रथम, ऋचा वस्ती द्वीतिय र निनम्मा राई तृतिय भएका थिए । पुरुष तर्फ उदगम पौडेल प्रथम, नितेश कुमार मण्डल द्वीति र शेषकान्त ताजपुरिया तृतिय भएका छन् ।
त्यसैगरी, भलिबल महिला तर्फ बीए एल.एल.बी. पहिलो वर्षको समूह प्रथम र बीए एल. एल. बी. दोस्रो वर्ष द्वीतिय भएको छ । क्रिकेट पुरुष तर्फ बीए एल.एल.बी दोस्रो वर्ष प्रथम र बीए एल. एल. बी. पहिलो वर्ष द्वीतिय भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा पुस ११ गतेदेखि १८ गतेसम्म खेलकुद सप्ताह आयोजना गरेको थियो । उक्त खेलकुद सप्ताहका विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र भने बुधवार वितरण गरिएको हो ।

प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल र क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले शारीरिक तन्दुरुस्ती, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक र महत्व माथी प्रकाश पारेका थिए । पढाइका साथसाथै खेलकुदलाई पनि एकसाथ अघि बढाउनु पर्नेमा समारोहका वक्ताहरुको जोड थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!