इस्कन विराटनगर र इस्कन नेपाल दुइ टुक्रामा विभाजित

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

१३६२१  पटक हेरिएको

विराटनगर । विराटनगरमा रहेको इस्कोन विराटनगर र इस्कोन नेपाल दुई टुक्रामा विभाजित भएको छ। शनिबार इस्कोन विराटनगरले पत्रकार समेलन गरेर आफुहरु इस्कोन नेपालको शाखा नरहने जानकारी दिएका छन्। लामो समय देखि विवाद हुदै आएको ईस्कोन नेपाल र ईस्कोन विराटनगरको विवाद जिल्ला प्रशासन कार्यालय मोरङले टुंगो लगाई दिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केन्द्रको नियम अनुसार कार्य गरी संस्था छोडेर अर्को संस्थामा मार्फत क्रियाकलाप गर्न निर्देशनमा इस्कोन विराटनगरले दोस्रो अर्थात अर्को संस्था बटा धार्मिक कार्य गर्ने निबर्तमान अध्यक्ष मनिष राई मन ःशिक्षा दास ब्रम्हचारीले बताए। नेपाल अन्तरास्ट्रिय कृष्णभावनामृत संघ ईस्कोनको नेपालमा केन्द्रिय कार्यालय बुढानिलकण्ठ कतःमंदुमा रहेको छ।

केन्द्रिय कार्यालयको मातहत मा रहेर २०७५ सालमा ईस्कोन विराटनगरको शाखा स्थापन भै विभिन्न धार्मिक कार्यहरुगर्दै आएको र २०८० बैशाख देखि केन्द्रले शाखाहरुमा केन्द्र बाटै शाखा अध्यक्ष तोक्ने निर्णय प्रति असन्तुष्टी जनाउदै आएको ईस्कोन विराटनगरले आफ्नै साधन श्रोतमा इस्कोन विराटनगरलाई याँहा सम्म ल्याएको र अहिले यहाँका भक्तहरुको इच्छा बिपरित केन्द्रले आफ्नो मनमानी तरिका बटा अध्यक्ष बनाउन खोजेकोमा स्थानिय भक्तहरुको आरोप छ ।

विवाद उत्कर्सामा पुगे पछि केन्द्रले विराटनगरमा रहेको शाखालाई अबैधानिक रहेको भन्दै राजनीतिक आडमा ईस्कोन विराटनगरमा रहेको शाखा खाली गर्न प्रहरी परिचालन गरेको आरोप निबर्तमान अध्यक्ष मनिष राईले लगाएका छन्। अहिले शाखा कार्यालय रहेको भवन केन्द्रको मातहतमा रहनु पर्ने भन्दै केन्द्रीय समितिले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र आफुहरुले घरधनी संग अर्कै सहमति गरेको र घरधनीले समेत आफ्नै पक्षमा रहेको हुदा पनी घर ईस्कोन नेपालले घर खाली गराउने प्रयत्न गरिरहेको र ब्रह््रमचारीहरुलाई समेत हटाउन खोगेको उनले बताए । विगत दुई वर्ष देखि ईस्कोन नेपालको अर्को शाखा ईस्कोन जलजलालेजलजला चोकमा ईस्कोनको संस्था चलाउदै आईरहेको छ र ईस्कोन विराटनगरको संस्था तथा भक्तहरुलाई हटाउन लागि परको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!