बिन्दास अभिनेत्री सपना बडी गार्डको साथमा सुरक्षा चुनौती बढेकै हो ?

Logo
वीरेन्द्रकुमार साह प्रकाशित सोमबार, फाल्गुण २८, २०८०

८०२३  पटक हेरिएको

बिराटनगर। आफ्नो अभिनयले सबैको मन जित्न सफल अभिनेत्री हुन् सपना लामिछाने। उनले कयौ हिट म्युजिक भिडियो नेपाली सिने उघोगलाई दिएकी छिन् भने कयौ चलचित्रमा आफ्नो जिवन्त अभिनयले दर्शकहरुको मनमा बस्न सफल भएकी छिन् तिनै अभिनेत्रीलाई पच्छिलो समय सुरक्षा चुनौती बढेपछि बडीगार्डको साथमा विभिन्न ईभेंटहरुमा देखा पर्ने गरेकी छिन्।

केहिदिन अगाडी राजधानीको एक विवाह पार्टीमा सहभागी अभिनेत्री लामिछानेसँग ५ जना बढी गार्ड थिए तर भिडियोमा तीनजना बडीगार्ड देखिएका छन् । बडी गार्डको साथमा रहेकी उनी सुरक्षा खतरामा रहेको बताईन् । केही समयदेखि उनी बेचैन रहेको सामाजिक सञ्जालको स्टाटसबाट बुझ्न सकिन्छ ।

केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएकी उनी राजधानीमा होटल व्यावसायमा संलग्न हुँदै आएकी छिन् ।
चलचित्र विन्दास लाइफकी निमात्री अनि अभिनेत्री हुन् सपना लामिछाने । उनले दुई दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!