मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

५५७  पटक हेरिएको

झापा । झापाको बिर्तामोड नगरपालिका- ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!