बिराटनगरमा रहेका समस्यालाई समाधान गर्न एसद्धारा महानगर प्रमुखलाई ज्ञापनपत्र

Logo
स्थानिय अवाज प्रकाशित आइतबार, चैत्र ११, २०८०

२१५१  पटक हेरिएको

बिराटनगर । बिराटनगर महानगरपालिका भित्र रहेका बिभिन्न समस्यालाई समधान गर्न माग गर्दै नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) महानगर कमिटी विराटनगरले महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

आईतवार महानगरपालिकाको बैठक कोठामा पार्टीका नेता तथा कार्यकर्ताहरु उपस्थित भई नगर प्रमुख नागेशकोईरालालाई ५९ सुत्रीय माग सहित ज्ञापनपत्र बुझाएको हो ।

एकीकृत समाजवादी पार्टी नेपाल बिराटनगर महानगर कार्य समितिको बिरेन्द्र यादवले सो ज्ञापनपत्र बुझाएको थियो ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टी नेपाल पोलिट ब्युरो सदस्य तथा कोशी प्रदेशको ईन्चारज महेश रेगमी, केन्द्रीय सल्लाहाकार सदस्य भिम बहादुर बस्नेत, केन्द्रीय सल्लाहाकार सदस्य शम्भु साह, जिल्ला कमिटीका उपाध्यक्ष डा उद्दब पोखरेल, अधिबक्ता सजुं साह, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, महानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेका थिए ।

ज्ञापनपत्र :-

कमेन्ट गर्नुहोस्
error: Content is protected !!