बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र १६, २०८०

६०१  पटक हेरिएको

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा

गराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!