रङ्गेली बचतद्वारा रक्तदान कार्यक्रम १७ जनाले गरे रक्तदान

Logo
रबिन्द्र बराल प्रकाशित शनिबार, चैत्र १७, २०८०

१८९१  पटक हेरिएको

रंगेली। रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा काली मन्दिरको प्राङ्गणमा गरिएको हो।

संस्थाका शेयर सदस्य सदस्य स्थानीय , युवा, युवती लगायतले रक्तदान दिएका थिए। ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापि कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको आयोजक संस्थाका सदस्यहरुले बताए ।

नेपाल रेडक्रस साेसाईटि बिराटनगरकाे सहकार्यमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश प्रसाद मण्डल, संस्थाका अमरजित सरदार, स्थानीय सुशील मण्डल, नन्द किशोर मण्डल चन्दन कुमार मण्डल लगायतको समेत रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!