रतुवामाई नगरपालिका किन माैन ?

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, चैत्र १९, २०८०

९१७  पटक हेरिएको

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ६ स्थित साैठा देखि शिवालय जाने बाटो र शिवालय परिक्रमा सम्म काे सडकको दायाँ बायाँ वृक्षारोपण गरेको एक वर्ष बितिसक्दा समेत संरक्षण नहुँदा अधिकांश बिरुवाहरू मर्ने थालेका छन् । केही बिरुवा हरू हुर्कँदै गएता पनि त्यसको संरक्षण नहुदा घाँस पलाएर बिरुवा समेत हुर्कन पाउन सकेको छैन। सङ्घीय सरकार र नगरपालिकाको लागतमा २०८०असार ३ गते योजना सम्झौता भएको थियो।

सोही अनुरूप नगरपालिकाले उपभोक्ता समितिलाई ३७ लाख ४२ हजार रुपैयाँ बराबरको लागतमा वृक्षारोपणको लागि नगरले जिम्मा समेत लगाएको नगरका इन्जिनियर गजेन्द्र साह ले बताए । तर उपभोक्ता समितिले आफैँले काम नगरेर स्थानीय मनोज उप्रेतीलाई वृक्षारोपण गर्नका जिम्मा लगाएको समितिका अध्यक्ष सञ्जीव गौतमले जानकारी दिए। सडकमा विभिन्न प्रजातिका २५ सय ८५ बिरुवा वृक्षारोपण गरिएको भएतापनि अहिले सो ठाउँमा १० प्रतिशत मात्रै बिरुवाहरु रहेको र वृक्षारोपण गरे देखि अहिले सम्म न त गोडमेलै भएको छ न त पानी नहालिएकाे र अहिले १० प्रतिशत मात्रै बिरुवा रहेको र बिरुवालाई घेरपार गरेको बाँस तथा झुलहरू समेत च्यातिएर अहिले बेवारिसी अवस्था जस्तो देखिएको स्थानीय कृष्णबहादुर थापाले बताए । उपभोक्ता समितिले काम गरेबापत अहिलेसम्म ८ लाख मात्रै लिएको र बाँकी रकम काम पूरा भएपछि मात्रै दिने इन्जिनियर गजेन्द्र प्रसाद साह ले बताए ।

यसरी उपभोक्ता समितिले समेत आफ्नो काम कर्तव्य पूरा नगरेर उनीहरुले समेत स्थानीयलाई यसरी गैरपूर्ण जिम्मेवारी तरिकाले वृक्षारोपण गर्न दिनु कतिको जायज हो ? यसरी १० महिना बितिसक्दा समेत नगरपालिकाले सो विषयमा ध्यान नदिएर आफ्नो नगरभित्र समेत वृक्षको लाखौं रुपैयाँ लगानीमा चुप्प लागेर बस्न कति गैर पुर्ण जिम्मेवारी हो ? समयमै यश बिषयमा ध्यानाकर्षा हुनु जसरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!