पाँचहजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, चैत्र १९, २०८०

१८४९  पटक हेरिएको

बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् ।

अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल पि भानु शर्माले मणिपुर चक्रले मानिसको शरीरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिदै त्यसलाई सक्रिय र सन्तुतिल बनाउने विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको हो ।
विराट चक्र विज्ञानमा सहभागीले तीन दिनमै आफ्नो स्वास्थ्य र सोचाइमा परिवर्तन आउन थालेको बताए । लुम्बिनी प्रदेशी सांसद बिन्दु पोखरेलले कार्यक्रममा सहभागी भएपछि जीवन के हो भन्ने बल्ल थाहा पाएको बताउनु भयो ।
पूर्व मन्त्री बुद्धिमान तामाङ्ले चक्र विज्ञानमा सहभागी भएर अध्यात्म भनेको पूजापाठ मात्र होइन रहेछ आफैंलाई चिन्ने बुझ्ने र स्वस्थ्य रहने कला रहेछ भन्ने बुझेको बताउँनु भयो । काठमाडौंकी मिरा चालिसेको तीन दिनमा शरीर र मनमा स्फूर्ति बढेको बताउनु भयो ।

तीनै तहका जनप्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकारी, व्यवसायी, उद्योगी, बैङ्कर, शिक्षक, विद्यार्थी र विभिन्न पेशामा रहेका व्यक्ति सहित पहिलो दिनदेखि ५ हजार २ सय सहभागी कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउँने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग भइरहेको छ ।

सात दिने चक्र विज्ञानमा मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सातदिनमा वैज्ञानिक र प्रयोगात्मक ध्यानका विधिको प्रयोग गरेर सन्तुलित र सक्रिय पार्ने प्रयोग र अभ्यास गरिन्छ ।
मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको हो । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!