महिला उद्यमीहरुलाई प्रवर्द्धन र उत्थान गर्ने उदेश्यले बिराटनगरमा २३ र २४ गते प्रदर्शनी

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, चैत्र २०, २०८०

१२९९  पटक हेरिएको

बिराटनगर। महिला उद्यमीहरुलाई हौसला , प्रवर्द्धन र उत्थान गर्ने उदेशले बिराटनगरमा आयोजना गर्न लागेको २ दिने महिला उद्यमशिलता सम्बन्धि प्रदर्शनीको तयारी पूरा भएको छ। नेपाल उद्योग परिसंघ कोशी प्रदेश अन्तरगत महिला उद्यम समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो।बिराटनगर स्थित अतिथी सदनको राधा मण्डपमा चैत २३ र २४ गते बिहान १० बजे देखि साझँ ८ बजे सम्म मेला आयोजना गर्न लागेको हो।

देशलाई आर्थिक रुपमा बिकाश गर्न अब महिलाहरुलाई अगाडी बढाउनु पर्ने नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताउनु भयो। पुरुषहरुले मात्र ब्यापार गरेर हुदैन अब महिलाहरु अगाडी आउनु पर्छ र सबैजना मिलि महिलाहरुलाई अगाडी बढाउँन हातेमालो गर्नु पर्छ ,सुगम देखि दुर्गम क्षेत्रका महिलाहरुलाई सक्षम बनाउन सबैले पहलकदमी गर्नुपर्ने सारडाले बताउनु भयो।

महिला उधमिहरुलाई अगाडी बढाउँन जुन महिला उद्यमशिलता सम्बन्धि प्रदर्शनीको कार्यक्रम छ त्यसको प्रचार प्रसारमा सबै पत्रकारहरुले सहयोग गर्नुपर्ने नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ट उपाध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो। गाउँदेखि सहर हरेक क्षेत्रको महिलाहरूलाई ब्यापार गर्न प्रोहोत्साहन गर्नु पर्ने दायित्व हामि सबैको हो ,यो कार्यक्रमलाई सफल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने मुन्दडाले बताउनु भयो।

प्रदर्शनीमा सहभागी मध्ये ३ जनालाई उत्कृष्ट उद्यमी सम्मान गरिने, दैनिक उपभोग बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्री गर्ने, महिला उद्यमी संग स्थानिय सरकार एवम प्रदेश सरकारका प्रतिनिधिबाट अभिमुखिकरण मेलाको मुख्य आकर्षण हुने छन। स्थानीय कच्चा पदार्थहरुको पहिचान बस्तु उत्पादन र बजारीकरणमा बिशेष सहयोग पुग्ने, उद्यमी र ब्यवसायी बिच समन्वय गराउने, उद्यमीहरुको उत्पादनमा स्वास्थ प्रतिस्पर्धा गर्ने बानिको बिकास हुने, महिला उद्यमीहरुको उत्पादन र बजारीकरणको सिपलाई अझै प्रभावकारी बनाउन सहयोग पुग्ने , घरेलुु एंब औद्योगिक बस्तुहरुको प्रदर्शनी  , बस्तु र सेवाको प्रवर्द्धन , महिला रोजगारिका र उद्यमशिलताका क्षेत्रहरु बारेमा जागृत गराउने, महिला उद्यमिहरुबाट उत्पादित बस्तु तथा सेवाको बजार ब्यवस्थापन ,उपभोक्ताका माझमा नयाँ स्वदेशी प्रबिधि र बस्तुको पहिचान गराउने मेलाको अपेक्षित उदेश्य र उपलब्धि हुने नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ट उपाध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो।

महिला उद्यम समिती नेपाल उद्योग परिसंघ कोशी प्रदेश बिराटनगरकि अध्यक्ष रचना राठीले प्रदर्शनीबाट महिला उद्यमिहरुलाई हौसला र स्वरोजगारि मिल्नुको साथै औद्योगिक र आर्थिक क्षेत्रको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बिश्वासका साथ मेला आयोजना गर्न लागेको बताउनु भयो।

मेलामा जम्मा ६० वटा स्टल रहनेछ जस्मा ४२ वटा वटा स्टल निशुल्क उपलब्ध गराइएको छ। प्रदर्शनीमा महिलाबाट उत्पादित कपडा तथा उपभोग समान, कृषिजन्य तथा जड, घरेलुु उद्योगबाट निर्मित , हस्तकलाका सामानहरु, प्राकृतिक सौन्दर्य सम्बन्धि कला सामग्रीहरु, सामाजिक सरोकार कारागारका कैदिहरु द्वारा निर्मित सामग्रीहरु, प्रयटन प्रवर्द्धन सम्बन्धि सामग्रीहरु र खाना सम्बन्धि स्टलहरु मेलामा प्रदर्शनी गर्ने योजना गरेको छ। आयोजकले २५ लाखको कारोबार हुने अमुमान गरिएको छ भने  १५ देखि २० हजार मानिसले अबलोकन गर्ने महिला उद्यम समिती नेपाल उद्योग परिसंघ कोशी प्रदेश बिराटनगरकि अध्यक्ष रचना राठीले बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!