इष्टर्न कलेज बिराटनगरमा खेलकुद सप्ताह सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, चैत्र २१, २०८०

८६७  पटक हेरिएको

विराटननगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह–२०८० भव्यरुपमा सम्पन्न भएको छ । विगतका वर्षहरुमा जस्तै इष्टर्न कलेज अफ इन्जिनियरिङ कलेजले यो वर्ष पनि आयोजना गरेको ‘खेलकुद सप्ताह २०८०’ भव्यरुपमा सम्पन्न भएको हो ।

यस वर्ष पनि कोशी प्रदेशकै इन्जीनियरिङ शिक्षामा अव्वल इष्टर्न कलेज अफ इन्जिनियरिङले ‘स्वास्थको लागी खेलकुद’ भन्ने मूल नारासहित चैत्र ७ गते देखि १८ गतेसम्म विभिन्न विधामा खेलकुद संचालन गरेको थियो ।

यस कलेजका प्रार्चाय ई. अमित सुरानाले यस खेलकुद सप्ताहको औपचारीक उद्धघाटन गरेका थिए ।

समापन कार्यक्रमका प्रमूख अतिथि पूर्वाञ्चल विश्वविद्यालय ईजिनियरिङ संकायका डीन प्रा.ई.देवी प्रसाद भट्टराइ, विशिष्ट अतिथि, पूर्व एन्फा सह–महासचिव बसन्त अर्याल, इष्टर्न कलेज अफ इन्जिनियरिङका निर्देशक प्रकाश मुन्दडालगायतले खेलकुद सप्ताहमा विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरे ।

कलेजका प्रार्चाय ई. अमित सुरानाले सम्पूर्ण विद्यार्थीहरुलाई खेलकुद सप्ताह २०८० को सफल आयोजनाको लागि धन्यबाद दिनुको साथ प्रमूख र विशिष्ट अतिथिहरुलाई विषेश आभार प्रकट गरे ।

खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, टेबलटेनिस, चेस, हाजिरीजवाफ, डोरी तान र म्युजिकल चेयरलगायतका खेलहरु भएका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!