लागुऔषध सहित १ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, चैत्र २१, २०८०

१२९३  पटक हेरिएको

मोरङ। विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २३ मिलिग्रामसहित भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!