व्यक्तिगत घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, चैत्र २१, २०८०

१००४  पटक हेरिएको

विराटनगर।   विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ ।महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गर्नुभएको थियो । व्यक्तिगत घटना दर्तामा आवश्यक सुचक र संलग्न गर्नुपर्र्ने कागजपत्रका बारेमा साहले जानकारी गराउनुभएको थियो । महानगरले पहिलो चरणमा वडाध्यक्षहरुलाई व्यक्तिगत घटना दर्ता गर्दा आइपर्ने समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो ।

कार्यबाहक मेयर मधुबाबु तिवारीको अध्यक्षतामा भएको तालिममा वडाध्यक्षहरुले नागरिकताको सिफारिस गर्दा आइपर्ने समस्या र चुनौतीका विषयमा भनाइ राख्नुभएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, १० का अर्जुन गिरी, ११ तीर्थेन्द्र नेउपाने, १३ का सूर्यनारायण यादव, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेले नागरिकताको सिफारिसका क्रममा आइपर्ने समस्या र चुनौतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

व्यक्तिगत घटना दर्ता सप्ताह अभियानअन्तर्गत महानगरले भोलि बिहीबार १९ वटै वडाका सचिवहरुलाई पनि अभिमुखीकरण तालिम सञ्चालन गर्ने सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो । कार्यक्रममा कार्यबाहक मेयर तिवारीले व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस गर्दा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पराजुलीले ऐन कानुनले तोकेको र कागजात पूरा गरेको अवस्थामा व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिसमा डराउनु पर्ने उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!