जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, चैत्र २१, २०८०

१६६६  पटक हेरिएको

विराटनगर महानगरपालिका-१२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!