मोरंग व्यापार संघको ६७औं वार्षिक साधारण सभा सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

८१३  पटक हेरिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद माननीय डा. शेखर कोइरालाज्यूको प्रमुख आतिथ्यतामा मोरंग व्यापार संघको ६७औं वार्षिक साधारण सभाको समुद्घाटन तथा संघको परिवर्तित नाम मोरङ उद्योग व्यापार संघको अनावरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यू, सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री चण्डिराज ढकालज्यू, कोशी प्रदेशका पूर्व मुख्य मन्त्री माननीय हिक्मत कार्कीज्यू, संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराईज्यू उपस्थित रहनु भएको थियो ।

संघका महासचिव श्री अनिल सारडाज्यूले संचालन गर्नु भएको उक्त सभामा संघका, पूर्वअध्यक्षज्यूहरु, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यज्यू, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्षज्यू, उद्योग संगठन मोरङका अध्यक्षज्यू, प्रहरी प्रमुखज्यूहरु, विभिन्न जिल्लाबाट पाल्नु भएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विराट व्यापार संघका अध्यक्षज्यू, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरु, मोरंग व्यापार संघको शाखाका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु, नेपाल पत्रकार महासंघ, कोशी प्रदेश र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षज्यूहरु, प्रेस युनियन मोरङ, प्रेस सेन्टर नेपाल, विभिन्न टे«ड युनियनका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यज्यूहरु, महिला उद्यम तथा युवा उद्यम समितिका संयोजकज्यू तथा सदस्यज्यूहरु, संघका साधारण सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीज्यूहरु लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
error: Content is protected !!