नेपाल एसोसिएसन (एनआरएनए) युएईको टोलिले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

११२८  पटक हेरिएको

युएई । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएईको प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग भेट गरि ज्ञापनपत्र बुझाएको छ । नेपाल एसोसिएसन (एनआरएनए) एनसीसी युएईका महासचिव भुवन कुमार वाग्ले , सचीव अरुण अधिकारी र प्रेस संयोजक सुनिल खड्काले बिहिवार सिंहदरबार स्थित मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा दुबईमा कन्सुलर कार्यालय खोल्न माग गर्दै यसको आवश्यकताका बारेमा जानकारी गराईएको नेपाल एसोसिएसन (एनआरएनए) युएईका अध्यक्ष विकास शाहीले स्थानिय आवाजलाई जानकारी दिए । उनले दुबईमा वर्षौंदेखि कन्सुलर कार्यालय खोल्न सरकारसंग माग गरिंदै आएको बताए । पछिल्लो समय युएईमा वृद्धि भएको नेपालीहरुको जनसंख्यालाई मध्यनजर गर्दै दुबई र आसपासका नेपालीहरुलाई सहज एवम् प्रभावकारी रूपमा सेवा प्रवाह गर्न दुबईमा नेपाली कन्सुलर अत्यावश्यक भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाईएको अध्यक्ष शाहीले बताए ।

ज्ञापनपत्र बुझदै परराष्ट्रमन्त्री श्रेष्ठले निकट भविष्यमै दुबईमा कन्सुलर खोल्न प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बताईएको छ । एनआरएनएको टोलिले युएईमा आयोजना गर्न लागेको ‘नेपाली फुड फेस्टिभल’ का बारेमा समेत परराष्ट्रमन्त्रीलाई जानकारी गराएका छन् ।

एनआरएनएले गएको डिसेम्बरमा प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई समेत दुबईमा कन्सुलर खोल्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । कोप सम्मेलनमा सहभागी हुन युएई आएका प्रधानमन्त्री प्रचण्डलाई दुबईमा नै एनआरएनएले ज्ञापनपत्र बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!