लुम्बिनी हाफ म्याराथनको उपाधी श्रेष्ठलाई 

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, चैत्र २४, २०८०

७२७  पटक हेरिएको

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिला तर्फको हाफ म्याराथनको उपाधी सन्तोशी श्रेष्ठले जितेकी छिन । श्रेष्ठले निर्धारित २१.१किमिको दुरि १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको  लुम्बिनी पिस म्याराथनको महिला तर्फको हाफ म्याराथनको उपाधी जितिन म त्यसै गरि नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले सो दुरि १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरि दोस्रो स्थानमा आउदा  एपिएफकि पुस्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरि तेश्रो स्थानमा आईन ।
श्रेष्ठ , न्यौपाने र भण्डारीले क्रमश  २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्क प्राप्त गरेको आयोजक  नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए । म्याराथनको उद्घाटन बिहान पररास्ट्र मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!