४३६९ पटक हेरिएको
विराटनगर। कोशीको प्रदेशसभाको आज(शुक्रबार) बसेको बैठकले बजेट सम्बन्धि अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गरेका थिए । सो प्रस्तावलाई प्रदेशसभाले सर्बसम्मत रुपमा स्वीकृत गरेको हो ।
संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्ने प्रावधान छ । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेवल भएको थियो ।
अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएपछी बजेट सम्बन्धि अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको हो ।