धरानमा गोरु काटेर खाएको बिरोधमा बिराटनगरमा प्रदर्शन

Logo
बीरेन्द्रकुमार साह प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

१११८५  पटक हेरिएको

बिराटनगर। केहि दिन अगाडी सुनसरीको धरानमा गोरु काटेर मासु खाएर सामाजिक संजालमा भिडियो र फोटो अपलोड गरेर देशभरी नै गोरु काटेर खाने धम्कि दिने समुहको बिरोधमा आज बिराटनगरमा प्रदर्शन भएको छ। गोरु काटेर मासु खाएको भिडियो र फोटो अहिले सामाजिक संजालमा भाईरल बनेको छ र देशभरि नै यसको बिरोध भईरहेको छ।

विश्व हिन्दु परिषद नेपालले आज जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ र हनुमान मन्दिर अगाडी प्रदर्शन गरेको छ। नेपालको कानुनले बञ्चित गरेको गोरु र गाईको मासु काटेर खाने व्यक्तिको पहिचान गरि कडाभन्दा कडा कार्यवाही हुनु पर्ने विश्व हिन्दु परिषद मोरंगका अध्यक्ष रमेश कुमार चापागाईले बताए।

हिन्दुको बाहुल्यता भएपनि देशमा केही नेताहरुको राजनीतिक स्वार्थको कारणले नेपाललाई धर्म निरिपेक्ष राष्ट्र घोषणा गरेता पनि अब नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने प्रदर्शनमा उपस्थित युवाहरुले बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!