महिला प्रतिको दुःख बुझ् सरकार

Logo
कोमल अग्रवाल प्रकाशित सोमबार, चैत्र २६, २०८०

५८२९  पटक हेरिएको

कोमल अग्रवाल
आखिर कहिले सम्म हामी महिला चुप लागेर बस्ने, कहिले रोकिन्छ त यो हिंसाहरू, कहिले देखि आजाद निडर भै निस्किन पाउछौ हामी महिलाहरू । कहिले बलात्कार भएको खबर प्राप्त हुन्छ, कहिल्यै महिला माथि खुकुरी प्रहार भएको खबर त कहिले अफनै श्रीमानले कुटेको खबर । आजको दिनमा हामी महिलालाई घर देखी निस्किन समेत धेरै कठिनाइ र डरको सामना गर्नुपर्ने हुन्छ ।

भन्नेहरूले त सजिलै भन्छन् कि गल्ती महिलाकै हो । उसले छोटो कपडा लगाइ, उसले छोरा मान्छेको सङ्गत गरिन्, उसकै कारणले उ सँग गलत भै रहेको छ। चाँहे त्यो केटी गलत होस् या नहोस यो समाजले उसलाई नै गलत भन्ने गर्छ, हामीले हाम्रो देशको इतिहास कोट्याइ हेर्नु हो भने यस्ता धेरै घटनाहरू छन् । जो रहस्यमय तरिकाले लुकाइराखेको छ । निर्मला र सुनिताको बलात्कार गरि हत्या भएको काण्ड आज सम्म पनि रहस्यमय छ, ख्याति श्रेष्ठको हत्या आज सम्म रहस्यमय छ । भगिरथा भट्ट को हत्या काण्ड आज सम्म रहस्यमय छ । आखिर के कारणले हो त तिनीहरूको घटना रहस्य र ठाकछोप ? किन चाहि आखिर हाम्रो देश सुरक्षित छैन महिलाहरूको लागि।

गल्ती सायद न त हाम्रो हो न त समाजको हो । गल्ती त सायद हाम्रो सोचको हो जुन बर्षौ देखि अगाडि बढ्दै आएको हो । यो देश न त पहिला सुरक्षित थियो महिलाहरूको लागि न त आज छ । हाम्रो घर अगाडि नै यस्तो घटना दिन दिनै सुनिन्छ कि आज एउटी महिला बलात्कृत भइन्, एउटी को श्रीमानले हत्या गर्यो, एउटीले दाइजो न ल्याउनको कारण उलाई घर बाट निकालियो । आखिर कहिले सम्म चाल्छ त यस्तो हाम्रो देशमा ?

जब सम्म हाम्रो समाजमा महिलाहरू सुरक्षित हुँदैनन् तब सम्म हाम्रो देशमा महिलाहरू अगाडि बढ्न डराउन छन् । महिलाहरूको सुरक्षा अर्थात् देशको सुधार तर आज पनि हरेक व्यक्तिको सोच भने यही छ कि महिलाहरू घरको काम गर्नुपर्छ र पुरुषहरू बहिर गई कमाइ ल्याउन पर्छ । यस्तै सोचले गर्द नै हाम्रो देशमा महिलाहरू आज पनि पछि नै छन् । हुन त सरकारले हक छुटाको छ, महिलाहरूको लागि । तर त्यसको सदुपयोग खोइ त हाम्रो गाउँ घरमा भएको । खोइ त यो सब हुँदा पनि हाम्रो सरकारले सुनेको महिलाहरूको ब्यथा ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!