मोटरसाईकल चोरी गर्ने प्रहरीको नियन्त्रणमा

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, चैत्र २६, २०८०

१५३०  पटक हेरिएको

झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको
होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । मोटरसाईकल सहित पक्राउ परेका गुरुङको थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!