कानुनका विद्यार्थीहरुले न्याय माग्दै गरे बिराटनगरमा प्रदर्शन

तत्काल छानविन नगरेर थप संघर्ष गर्ने चेतावनी
Logo
स्थानिय अवाज प्रकाशित आइतबार, भाद्र ०३, २०८०

७४७९  पटक हेरिएको

विराटनगर । घरमै मृत अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै विराटरनगरमा कानुन पढ्ने विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । लामो समय वितिसक्दा पनि पीडित परिवारको न्यायको लागि गर्दे आएको संघर्षमा समर्थन जनाउदै उनीहरुले प्रदर्शन गरेका हुन ।

लामो समय वितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहेपनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै विराटनगरमा अध्ययनरत कानुनका विद्यार्थीहरुले प्रदर्शन गरेको हो । आरती ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी  थिइन्।

 

दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधी उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवार आरोप लगाउदै काठमाण्डौं केन्द्रित आन्दोलन गर्दे आएका छन् ।

ब्राईट भिजन ल कलेज बिराटनगरमा कानुन अध्यन्नरत कौशल कुशवहाले सरकारले न्याय दिन आलटाल गरेकाले बिद्यार्थीहरुले बिराटनगरमा प्रदर्शन गरेको बताए । तत्काल धानबिन गरेर दोषी उपर कारवाही गर्नुपर्ने बताए ।

 

त्यस्तै आरती कुमारी कुशवाहाले दाईजोको कारण हत्या गरेर आत्महत्या गरेको सावित गर्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने बताईन् । छानबिन गर्ने प्रहरीको नियत नै शंशास्पद भएकाले न्यायको लागि आफुहरु सडकमा उत्रिएको बताईन् । दाईजोको कारण हत्या गर्ने कामलाई सवैले मिलिरे निरुत्साहित गर्नु पर्ने बताईन् ।

राजीव कुशवाहले तत्काल छानविन नगरेर आफुहरुले थप संघर्ष गर्ने चेतावनी दिए ।

विराटरनगर स्थित बिराट नसिंङ होमबाट प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए । कानुन अध्यन्नरत बिद्यार्थीहरुले दाईजोको निहुमा कसैको ज्यान लिन पाईदैन्, आरती साहले न्याय पाउनु पर्ने ,हत्यारालाई कारवाही होस् लगातयका प्लेट कार्ड सहित प्रदर्शन गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!