भन्सार छली ल्याउँदै गरे सामन बरामद ।

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, चैत्र २७, २०८०

१३१२  पटक हेरिएको

मोरङ। नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको चेकपोइन्ट टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३ नम्बरको बोलेरो पिकअपलाई बर्दिवास चोकमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको प्याजको भन्सार तिरेको रसिद र अन्य विलबिजक माग्दा चालक ले पुरानो मितिको कागज देखाएपछि उक्त समान भन्सार छली ल्याइएको पत्ता लागेको हो ।

चेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालक ले गाडी तथा सामान छोडी भागेकाे ससस्त्र प्रहरीले जनाएको छ । भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरी का डिएसपी बिकास अधिकारी ले बताए ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!