प्रहरीद्वारा धनपालथानमा नागरिक सुनवाई सम्पन्न।

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, चैत्र २९, २०८०

६१५  पटक हेरिएको

मोरङकाे धनपालथान गाउँपालिका ४ कर्सिया स्थित सारदा माध्यमिक विद्यालयको प्राङगणमा इलाका प्रहरी कार्यालय रंगेली द्वारा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि धनपालथानका अध्यक्ष जिवछ प्रसाद गच्छदार , उपाध्याक्ष नसिमा वानो

मोरङका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशी , ससस्त्र वेश क्याप मायाँगन्ञ का डिसपि सुधिर खतिवडा , प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं, गाउँपालिका प्रशासकीय अधिकृत मनोज ठाकुर , विभिन्न वडाका जनप्रतिनिधि स्थानीय समाजसेवी बुद्धिजीवी, सहस्त्र प्रहरी , नेपाल प्रहरी लगायत काे कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन, सडकको अवस्था, गाउँ समाजमा लागू औषध मा युवाहरू फसेका विषय महिला हिंसा लगायतको विषयमा समेत सहभागीहरुले सार्वजनिक सुनवाईमा जानकारी गराएका थिए। प्रहरीले सो को विषयमा जानकारी गराउन र समयमै आफूहरूले जनताको शान्ति सुरक्षा र हरेक क्रियाकलामा आत्मनिर्भरको सहभागिता अझै सशक्त गरि अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन्। सहभागीहरुले कर्सिया बजारमा भएको फोहोर व्यवस्थापन गर्न र समयमै सडक निर्माणको लागि ठेकेदार हरू लाई समेत जवाफ दिएर काम चाँडै सम्पन्न गर्न र सडक दुर्घटनाबाट समेत न्यूनीकरण हुने अपेक्षा सहभागीहरूले राखेका हुन।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!