के अब गेउरिया पुल बन्लात ?

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र ३०, २०८०

१०६६  पटक हेरिएको

माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुल काे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने साे पुल काे दायाँ बायाँमा माटो भर्ने कामलाई निरन्तरता दिएको छ। केही दिन अगाडि मात्रै उक्त पुलको निरीक्षणका लागि अख्तियार आयोग र सडक बिभाग बाट अनुगमन टाेली समेत आएकाे र काम सुचारु गर्ने निर्देशन समेत दिएकाे थियोे ।

पुल मा रेलिङ, र पुलकाे उत्तर र दक्षिण तर्फकाे ढलान काे काम समेत बाँकी नै रहेको हुनाले अहिले पनि उक्त पुल सञ्चालनमा नआउने स्थानीय महेश टुडु ले बताए । फिचर एन्ड सराउद्धिन जेवि का प्रमुख सराउद्विन जेवि का प्रमुख सराउद्घिन अनसारी का अनुसार वैशाख भित्रमा उक्त पुल निर्माण कार्य सम्पन्न गरेर यातायात सुचारु गर्ने उनले बताएका छन्। पुल काे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले ठेेेक्का १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे । नौ वर्ष बितिसक्दा समेत १५ मिटरको पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

यसरी ठेक्केदार काे लापरबाहीका कारण समय अबधि मा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभाग का प्रमुख हरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएका ले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले फूलको उत्तर दक्षिणमा अहिले माटो हाल्ने काम धमाधम समेत भइरहेको छ। माटोको काम सुरु भएतापनि स्थानीयले भने उक्त पुल निर्माण कार्य नहुने बताउँदै आएका छन्। नौ वर्षको अवधिमा उक्त स्थानमा पाँच जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो । सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!