युएईमा नेपालीहरुले मध्य समुन्द्रमा मनाए नयाँ वर्ष

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ०२, २०८१

८११  पटक हेरिएको

युएई । युएईमा नेपालीहरुले मध्य समुन्द्रमा नाचगान गर्दै केक काटेर धुमधामसंग नयाँ वर्ष मनाएका छन् । नेपाली जनप्रगतिशील मञ्च युएईको अबुधाबी क्षेत्रले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा झन्डै डेढ सय नेपालीहरु सहभागी भएका थिए ।

कार्यक्रममा नेपालीहरुले नाचगान गर्दै केक काटेर एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । आयोजकले जहाज भित्रै सहभागीहरुका लागि डिनर पार्टीको समेत व्यवस्था गरेको थियो ।उक्त कार्यक्रममा एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल , राष्ट्रिय स्वतन्त्र पार्टी अबुधाबी क्षेत्रका अध्यक्ष भोला ढकाल , नेपाली सेफ सोसाईटी अबुधाबी क्षेत्रका अध्यक्ष श्याम लाम्गादे , रास्वपा अबुधाबी क्षेत्रका सदस्य वीर बहादुर थापा (विवेक) लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक नेपाली जनप्रगतिशिल मञ्च अबुधाबी क्षेत्रकी अध्यक्ष अश्मि स्याङ्तान तामाङ र उपाध्यक्ष साजन श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सपना तामाङले गरेकी थिईन ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!