दुबईमा नेपालीहरुका लागि निशुल्क स्वास्थ शिविर

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

१००९  पटक हेरिएको

युएई । नेपाली समाज युएईले संस्था स्थापनाको ३५ वर्ष पुगेको अवसरमा नेपालीहरुका लागि निशुल्क स्वास्थ शिविर शुरु गरेको छ । समाजले बरदुबईमा रहेको किम्सहेल्थ मेडिकल सेन्टरसंगको सहकार्यमा गत आईतबारदेखी शिविर सञ्चालन गरेको हो ।

स्वास्थ शिविर ३५ दिनसम्म निरन्तर चल्ने बताईएको छ । आगामी मे २० सम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिविरमा निशुल्क स्वास्थ परिक्षणको लाभ लिन पाईने नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले जानकारी दिए ।

न्यून आय भएका नेपाली श्रमिक लक्षित स्वास्थ शिविरबाट नेपालीहरुले चिकित्सकबाट निशुल्क स्वास्थ परामर्शका साथै बिएमआई परिक्षण , सुगर परिक्षण , दन्त परिक्षण जस्ता सेवाहरु निशुल्क रूपमा प्राप्त गर्ने बताईएको छ । यसैगरी संस्थाले ३५ औं वार्षिकोत्सवको अवसर पारेर आगामी आईतबार (२१ अप्रिल) विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

दुबईको क्लब एसके-सेभेनमा आयोजना हुने कार्यक्रममा बहुचर्चित कलाकारहरु गायक नारायण रायमाझी , कुलेन्द्र विक , गायिकाद्वय शान्तीश्री परीयार र रेश्मा बम्जनको सांगीतिक प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा युएईमा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वहरु , सहयोगी एयरलाईन्स र अन्य समुदायका अग्रजहरुलाई सम्मान गरिने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!