बिराटनगरमा रोटरी कल्ब अफ बिराटनगरद्धारा पिउने पानी जडान

Logo
स्थानिय अवाज प्रकाशित सोमबार, भाद्र ०४, २०८०

३६४९  पटक हेरिएको

बिराटनगर । मोरङको बिराटनगरमा रोटरी कल्ब अफ बिराटनगरले शुद्ध पिउने पानी जडान गरिएको छ ।

रोटरी कल्बले आफ्नो स्थपना दिवसको पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यलय मोरङको अगाडी रहेको रोटरी कल्व अफ बिराटनगरको कर्यलयमा जडान गरिएको हो ।

प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले कार्यक्रमको उद्धघाटन गदै रोटरी कल्बले गर्दै आएको कार्य प्रति प्रशासां ब्याक्त गरेका थिए । उनले भने तराई मधेशमा गर्मी बढदै गएको बेलामा कल्बले खाने पानी जडान गरी एकदमै राम्रो कार्य गरेको बताए ।

त्यसैगरी कार्यकमको संयोजक सफल उद्योगपति, बरिष्ठ समाजसेवी बेनी गोपाल मून्दडाले यहाँ वरीपरी दिनहुँ हजारौंमा सेवाग्रही आउने गर्छ । यहाँ जिल्ला प्रशासन कार्यलय, सार्वजानीक स्कुल र बिभिन्न सरकारी कार्यलयहरु रहेका छन् । हामीले यहाँ आउने सेवाग्रहीलाई मध्यनजर गर्दै खाने पानीको ब्यवस्था गरेका हौं । गर्मीको बेला कुनैपनि मानिस पानी बिना नबसोस् भन्ने उदेशयले जडान गरीएका छौं ।

रोटरी कल्बअफ बिराटनगरका अध्यक्ष कमल बस्नेतले मेशीन बाहेक चार लाखको लागतमा हामीले यो जडान गरीएका छौं । रोटरी कल्बले बिभिन्न समयमा जनमुखी कार्य गर्दै आएको बताए। त्यसै अनुरुप हामीले आज खाने पानीको जडान गरेका छौं ।

कार्यक्रममा बिराटनगर महानगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष मधु बाबु तिवारी, पुर्व डिस्ट्रीक गोभर्नल द्घोय रोटरीयन संतोष रिजाल र वासु देव गोल्यान लगायतका उपस्थिती रहेका थिए ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!