नेपाली समाज युएईले आज ३५ औं स्थापना दिवस मनाउँदै

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ०९, २०८१

१५५४  पटक हेरिएको

यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली समाज यूएईले आज (अप्रिल २१) आफ्नो ३५ औं स्थापना दिवस मनाउँदैछ । बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न विधामा समुदायमा योगदान दिएका नेपालीहरुलाई सम्मान गरिने समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिएका छन् । कार्यक्रममा यूएईमा ३५ बर्ष भन्दा बढी कार्यरत रहेका नेपालीहरुलाई पनि सम्मान गरिनेछ ।

सॅास्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक नारायण माझी, कुलेन्द्र विश्वकर्मा, गायिका शान्ति श्री परियार, र रेश्मा बोम्जोम दुबइ आउने कार्यक्रम रहेको छ । सन् १९९० मा स्थापना भएको नेपालीहरुको पुरानो संस्था नेपाली समाजमा यूएईमा कृयाशील रहेका ५० भन्दा बढी संस्थाहरु आबद्द रहेका छन् । नेपाली पञ्चेबाजा सहित यूएईमा रहेका नेपाली कलाकारहरुले उक्त कार्यक्रममा प्रस्तुती दिनेछन् ।

यूएईमा आपतमा परेका नेपालीहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको महासचिब केदार कुँवरले बताए । समाजले नेपाली दूतावाससॅग सहकार्य गरी आपतमा परेका, मृत्यु भएका र बिभिन्न कारणले बिरामी नेपालीहरुको उद्दार गर्दै आईरहेको छ । कोरोना प्रकोपको समयमा समाजले हजारौं अलपत्र नेपालीहरुलाई उद्दार गरी नेपाल पठाएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!