विराटनगर :दिवाखाजामा १० रुपैयाको विस्कुट खुवाएर व्यापक अनियमितता

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

१५१९८  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिका १७ स्थित एक विद्यालयमा अध्ययनरक्त विद्यार्थीहरुलाई दिवाखाजामा विस्कुट खुवाएर व्यापक अनियमितता हुने गरेको पाइएको हो । वडामा रहेको श्री रघुपति आधारभुत विद्यालयका प्रध्नाध्यापक शिवचन्द्र सिङले दिवा खाजा खुवाउदै आएका केन्टीङ संचालकलाई हटाएर आफै दिवा खाजाको नाममा विस्कुट खुवाउदै व्यापक अनियमितता गर्ने गरेको पाइएको हो । सरकारले प्रतिविद्यार्थी दिवाखाजा वापत रु १५ विद्यालयलाई दिदै आएको छ । तर सो विद्यालयमा खुद्धामा रु १० पर्ने टेस्टी विस्कुट खुवाउदै आएका छन् ।

विस २०२० सालमा स्थानमा भएको सो स्कुलमा करिव ६सय ५० जना विद्यार्थी अध्ययनरक्त छन । शिशु कक्षा देखि कक्षा ५ सम्म दैनिक ३ सय ५२ जना विद्यार्थीलाई दिवा खाजा खुवाउदै आएको विद्यालयले जनाएको छ । विगत ३ वर्ष देखि सरकारले तोकेको मापढण्ड अनुसार हप्ताको ६दिन फरक फरक खाजा खुवाउदै आएका केन्टीङ सञ्चालक कमल कुमार मण्डल (बादल)लाई हटाएर प्रअ सिङले विद्यार्थीहरुलाई आफुखुशी खाजा खुवाउने गरेका छन । विद्यार्थीहरुले केहि महिना देखि हप्तामा दुई दिन विस्कुट दिवाखाजामा दिने गरेको बताउँछन् ।
अरु दिन चाना चुडा थोरै दिने गरेको विद्यार्थीहरुले बताए । सरकारले निर्धारणको मेनुअनुसार हप्तामा एक दिन अण्डा चुडा , चाना चुडा , छोला चुडा , राजमा , जेरी भुजा र खिर खुवाउदै आएका केन्टीङ सञ्चालकले प्रअ सिङलाई १० प्रतिशत रकम नदिएका आफै खुवाउन लागेको एक शिक्षकले बताए ।

पहिला धेरै राम्रो खाजा विद्यार्थीहरुले खाईरहेका बेला प्रअ सिङले कन्टीङ सञ्चालक मण्डल संग सवैलाई मिलाउनु पर्ने भन्दै दिवा खाजा खुवाए वापत रकम लिन जादा १० प्रतिशत माग्ने गरेको बताइएको छ । विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७मा दिवा खाजा कार्यक्रमलाई प्राथमिकताका साथ खाजा व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समितिको बैठकल दिवा खाजा कार्यावन्यन सहयोग गर्न आफ्ना मातहतका एउटा खाजा व्यवस्थापन उपसमिति वा कार्यदल वा आमा वा अभिभावक समुह गठन गर्नु पर्ने व्यवस्था गरिएको छ । तर सो विद्यालयको व्यवस्थापन समिति समेत गठन नभएकाले प्रअले चाना चुडा बनाउन दुई जनालाई दैनिक ३सयका दरले तोकेर राखेको एक स्थानीयले बताए । प्राय टेस्टी बिस्कुट खुवाउदै आएको छ ।

केन्टीङ सञ्चालक मण्डलले प्रति विद्यार्थीलाई खाजा खुवाए वापत प्रतिविद्यार्थी रु १५ पाउने गरेको बेला प्रअ सिङले १० प्रतिशत माग्दा नदिएकाले आफै विस्कुट खुवाउन थालेको बताए । म पनि खाजा तयार गरिसकेका बेला प्रअले बिस्कुट दिदै आफै खुवाउने सुरु गरेको बताए । १५ वर्ष देखि निरन्तर व्यवस्थापन समितिको अध्यक्ष भएका मो फारुखले आफुहरुले निर्णय गरेर खाजा खुवाउन जिम्मा दिएका केन्टीङ सञ्चालकलाई हटाएर बिस्कुट खुवाउने काम स्थानीय आश्र्चयमा परेको बताए । उनले क्यान्टीङ सञ्चालक संग प्रअले विवाद गरेर विद्यार्थीहरु बिस्कुट खुवाउने कामले तत्काल बन्द गर्नु बताए । निर्देशिका र ऐन विपरित व्यवस्थापन समितिको गठन नभएका बेला केन्टीङलाई हटाएर सरकारको तोकेको मापदण्ड विपरित खाजा खुवाउने गरेको गुनासो समेत प्रअले नसुन्ने गरेको उनले बताए ।

विद्यालयको शैक्षिक र भौतिक सुधारको लागि प्रअ सिङ कुनै जिज्ञासा राख्दा व्यवथापन समिति गठन नभएकाले तत्काल गर्न नसकिने बताउदै आएका बेला दिवा खाजामा बिस्कुट खुवाउने अधिकार कहाँ वाट आएको उनले बताए । उता प्रअ सिङले निर्धारण गरेको मेनु अनुसार नै दिवा खाजा खुवाउने गरेको दावी गरे । आफुले १० प्रतिशत नमागेको बताउदै उनले भने –‘ सुरु गर्दा नै खाजामा विद्यार्थीलाई मासु चुरा खुवाएको छु।‘ दुई दिन देखि पकाउने मान्छे नआएकाले बिस्कुट दिने गरेको बताए ।

व्यवस्थापन समितिको गठन नभएपनि चुनीएर ४ जना सदस्य आएको बताउदै उनले भने –‘ ऐन अनुसार वडा अध्यक्षकै अध्यक्षतामा व्यवस्थापन समितिको काम चलाउदै आएको बताए । कमीसन नदिएका कारण हटाइएका केन्टीङ सञ्चालक कमल कुमार मंडलले पाउने एक लाख २५ हजार समेत प्रअ सङ विभिन्न बहानामा नदिने गरेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!