कोशीका मुख्यन्यायाधीवक्ता कोइराला पदमुक्त

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ३०, २०८१

९६५  पटक हेरिएको

कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । पूर्व मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोइरालालाई हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा ४ को खण्ड (ख) बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालय कोशीका सूचना अधिकारी रामकुमार श्रेष्ठले आजैका मितिबाट कोइरालालाई पदमुक्त गरिएको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!